• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

  • खबरदाता

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएकी हसिनामाथि उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो । उनी हाल भारतमा निर्वासनमा बसिरहेकी छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर
हसिनासँगै पूर्वगृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । यो मुद्दामा पूर्वप्रहरी प्रमुखलाई भने ५ वर्षको जेल सजाय सुनाइएको छ ।

उनीहरूलाई प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको र उनीहरू विरुद्धको अत्याचार रोक्न असफल भएकोमा दोषी पाइएको थियो ।

अदालतले अभियुक्तहरू विरुद्धका सबै आरोपहरू पढेर सुनाएको थियो, जसमा प्रहरी कारबाहीमा भएको हिंसाको विस्तृत विवरण उल्लेख गरिएको थियो ।

हसिनाले दमनका सबै आरोप अस्वीकार गरेकी छन् । मुद्दा चलाइएका अभियुक्तहरूमध्ये, पूर्वप्रहरी प्रमुख अब्दुल्ला अल–मामून मात्र सजाय सुनाउने क्रममा उपस्थित थिए ।

 

  • प्रकाशित मिति : मंसिर १, २०८२, सोमवार १६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८