• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

सन्तोष परियारले छाडे रास्वपा

  • खबरदाता

सन्तोष परियारले छाडे रास्वपा

रवि लामिछाने नेतृत्को राष्ट्रिय स्वतन्त्र पार्टीका एकपछि अर्को नेताले साथ छाड्न थालेका छन् ।

पछिल्लो पटक शुक्रबार विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेका हुन् ।

उनले पार्टीमा पछिल्लो समय कलह बढ्दै गएपछि छाड्नुपरेको बताएका छन् । परियारले रास्वपा छाडेको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् ।

परियार रास्वपाको सचिवालय सदस्य पनि हुन् । ‘विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ’, झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनु भएको छ।’

  • प्रकाशित मिति : कात्तिक २८, २०८२, शुक्रवार १४:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८