• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

महाधिवेशन मितिमा सहमति खोज्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

  • खबरदाता

महाधिवेशन मितिमा सहमति खोज्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे चर्किएको विवादमा सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । कांग्रेस बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुसभित्र नियमित नभए ५४ प्रतिशत प्रतिनिधिको माग अनुसार पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

तर, संस्थापन पक्ष भने फागुन २१ को चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्ने पक्षमा छन् । महाधिवेशनबारे निर्णय लिनको लागि भोलि २ बजे केन्द्रीय समिति बैठक बस्दै छ ।

  • प्रकाशित मिति : कात्तिक २८, २०८२, शुक्रवार १२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८