• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

  • खबरदाता

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, कार्तिक २७ गतेदेखि लागु हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आजै ९मंसिर २५ गते० मध्यरातबाट अनिवार्य अवकाश पाउँदै छन् । खापुङको अवकाशसँगै रिक्त हुने पदमा सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

नवनियुक्त कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक हुन् । उनी यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा कार्यरत थिए ।

  • प्रकाशित मिति : कात्तिक २४, २०८२, सोमवार १९:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८