स्कुटर दुर्घटना हुँदा भरतपुरमा २ जनाको मृत्यु भएको छ।
चितवन प्रहरीले जनाए अनुसार आज बिहान मंगलबार अन्दाजी २ बजेको समयमा भरतपुरको एयरपोर्ट नजिकै बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो।
सो दुर्घटनामा परि घाइते स्कुटर चालक भरतपुर -२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार सोही स्थान बस्ने वर्ष २८ को कुशल अर्याललाई उपचारको लागि सरकारी अस्पताल लगिएको २स्३५ बजे दुबै जनाको मृत्यु भएको हो।
लाश भरतपुर सरकारी अस्पतालमा रहेको र थप कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८