• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल

आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २० तारिख। लक्ष्मी पूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ ।

वृष – दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन – दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ । परिवारको साथ सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा हुनेछ ।

कर्कट – दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह – दिन राम्रो छ । साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ । धर्मकर्ममा मन जानेछ । शनिको कारण मन अस्थिर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथमा घुमघामको अवसर मिल्नेछ ।

कन्या – दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

तुला – दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला । हरेक काममा परिवारको सहयोग मिल्नेछ ।

वृश्चिक – दिन राम्रो छ । साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोग मिल्नेछ । धर्मकर्ममा मन जानेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

धनु – दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ ।

मकर – दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ – दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्छ । बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ ।

मीन – दिन सामान्य राम्रो छ । कारोबारमा नाफा हुनेछ । थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला।

  • प्रकाशित मिति : कात्तिक ३, २०८२, सोमवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८