नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थुन्नका लागि सरकार निरन्तर प्रयासमा रहेको आरोप लगाएका छन् । शुक्रबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरेको दाबी गरेका हुन् ।
‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो । कहीँकतै केही भेटिएन । हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ, उनले भने ।
ओलीले जेनजी आन्दोलनले आफूलाई थुन्ने माग नगरेको पनि दाबी गरे । ‘जेजनीले यो माग गरेका छैनन्, उनीहरू यो दाबी गरिरहेका छन्, हामी दलका विरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्, उनले भने ।
उनले आफूलाई पार्टी नरम भाषा प्रयोग गर्न आग्रह गरेको पनि बताए । ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिऊँ ?, उनले भने ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८