• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि

  • खबरदाता

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि

प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो । यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकारी दिइसकेको र शव बुझ्न अनुरोध गरेको द जेरुसेलम पोस्टले जनाएको छ ।

  • प्रकाशित मिति : असोज २८, २०८२, मंगलवार १७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८