• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

पाँच दिनपछि बीपी राजमार्ग एकतर्फी सञ्चालन

  • खबरदाता

पाँच दिनपछि बीपी राजमार्ग एकतर्फी सञ्चालन

संघीय राजधानी काठमाडौंलाई वाग्मती, मधेस र कोसी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगैको बाढीपहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए ।

अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । काभे्रको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुंगे पुल)मा सडक क्षति पुगेको थियो ।

  • प्रकाशित मिति : असोज २४, २०८२, शुक्रवार १७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८