• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

  • खबरदाता

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ।

विभागले शनिबार राति ११: ५५ मा जारी गरेको सूचना अनुसार लगातारको वर्षाका कारण ती क्षेत्रका नदी(नाला तथा निचोरा बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम देखिएको छ। विभागले प्रभावित क्षेत्रमा रहने सर्वसाधारणलाई अति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

 

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार ०६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८