• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

देशभर बदली, चट्याङसहित आज वर्षाको पूर्वानुमान

  • खबरदाता

देशभर बदली, चट्याङसहित आज वर्षाको पूर्वानुमान

देशका सबै प्रदेशमा मंगलबार (असोज १४) साधारणतया बदलीको पूर्वानुमान छ । कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ।

  • प्रकाशित मिति : असोज १४, २०८२, मंगलवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८