सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतलमा रिट निवेदन परेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले बिहीबार साँझदेखि बन्द गर्ने निर्णय गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट निवेदन पेश गरेका हुन्। सर्वोच्च प्रशासनक अनुसार रिट निवेदनमाथि अध्ययन भइरहेको छ।
रिट निवेदनमा त्रिपाठीले भनेका छन्, ‘मिति २०८२/०५र०५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, त्यसको आधारमा मिति २०८२/०५र०९ गतेको सूचना प्रकाशित गर्ने निर्णय, सो आधारमा सञ्चार मंत्रालयले मिति २०८२/०५र१२ प्रकशित सूचना एव मिति २०८२/०५र१९ गतेको मन्त्रालयको निर्णय एवं सो को आधारमा मिति २०८२/०५/१९ गतेको प्राधिकरण एव नेपाल टेलिकमलाइ गरिएको पत्राचार एव त्यसबाट निसृत सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेश द्दारा बदर गरि कुनै पनि सोसल मिडिया प्लेटफर्मलाइ बन्द नगर्नु पुनः संचालन गर्न दिनु भनि परमादेश समेत जारी गरि पाऊ।’
सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्चाललाई बन्द गर्ने निर्णय गरेको थियो। जसमा फेसबुक, ट्वीटर, युट्व जस्ता लोकप्रिय सामाजिक सञ्जाल छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८