• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

राहुल गान्धी प्रहरी नियन्त्रणमा

  • खबरदाता

राहुल गान्धी प्रहरी नियन्त्रणमा

भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ।

उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ ।

लोकसभा निर्वाचन, महाराष्ट्र, हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता पार्टीको मिलेमतोमा धाँधली गरिएको आरोप लगाउँदै राज्यसभाका विपक्षी सांसदले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयअगाडि जुलुस निकालेका थिए ।

प्रहरीले भने अनुमतिविपरीत धेरै मानिस भेला भएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

  • प्रकाशित मिति : साउन २६, २०८२, सोमवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८