• साउन १, २०८३, शुक्रवार Friday, 17 July, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन

  • खबरदाता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् ।

जसका कारण विश्वासको मत लिनुपर्ने अवस्था आयो, उसै पार्टीको सांसदबाट विश्वासको मत पाएका हुन् । नाउपाकै सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले विश्वासको मत दिएका हुन् ।

काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । मत परिणाम भने घोषणा हुन बाँकी छ । नेकपा एमाले र नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पहिले नै ह्वीप जारी गरेका थिए ।

५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ । अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

  • प्रकाशित मिति : साउन १५, २०८२, बिहीवार २०:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८