• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भरतपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर

  • खबरदाता

भरतपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर

भरतपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन।

प्रहरीले जनाए अनुसार सोमबार दिउँसो ४:४० बजेको समयमा नारायणगड मुग्लिङ- सडक खण्डको चौधकिलोमा मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मो.सा. लाई ठक्कर दिँदा भरतपुर ११ का बर्ष ३३ को सागर कुमालको मृत्यु भएको हो।

कुमालको उपचारका क्रममा साझ ५:१० बजे भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
मोटरसाइकलमै सवार भरतपुर -१४ घर भइ हाल भरतपुर- २ क्षेत्रपुर बस्ने बर्ष ४७ को कबिराज बिश्वकर्माको गम्भीर अबस्थामा नयाँ मेडिकल कलेज  भारतपुरमा उपचार भइरहेको छ।

दुबै सवारी साधन र ट्याङकर चालक जिल्ला तनहुँ बन्दीपुर गा.पा.-१ बस्ने  बर्ष ३५ को प्रेम बहादुर थापा मगर जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको जनाएको छ।

मृतक र घाइते मध्ये हाल सम्म मोटरसाइकल चालक को हो भन्ने खुलीनसकेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन १२, २०८२, सोमवार २१:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८