• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी

  • एजेन्सि

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी

कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ । कम्बोडियाली सेनाले आफ्नो भूमिमा रहेको अस्पतालमा समेत आक्रमण गरेको थाई पक्षले जनाएको छ ।

कम्बोडियाली आक्रमणको जवाफमा थाइल्याण्डले पनि हवाई आक्रमण गरेको जनाएको छ । थाइ हवाई आक्रमणमा भएको हताहतीबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

तनाव बढ्दै जाँदा थाइल्याण्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ । थाइल्याण्डले आफ्ना नागरिकलाई तत्काल कम्बोडिया छाड्नसमेत आग्रह गरेको छ ।

उता कम्बोडियाले पनि थाइल्याण्डसँगको कूटनीतिक सम्बन्धलाई घटाएको छ । थाइल्याण्डले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कम्बोडियाले यस्तो कदम चालेको हो ।

  • प्रकाशित मिति : साउन ८, २०८२, बिहीवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८