वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ।
विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ। सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो।
सो चिठी अनुसार हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएसँगै एक विश्वविद्यालयबाट अर्कोका स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ।
हार्वर्डले विज्ञप्ति जारी गर्दै यो निर्णय अन्यायपूर्ण र प्रतिरोधात्मक भएको जनाएको छ।
हार्वर्डले विभिन्न तीन चरणमा गरेर सङ्घीय सरकारबाट पाउने अनुदान रोक्का गरिएको छ। यसै साता हावर्डको एलन गार्वरले आर्थिक संकट भएको बताउँदै पूर्व विद्यार्थीलाई सहयोगका लागि अपिल गरेका छन्।
होमल्याड सेक्युरिटी डिपार्टमेन्टका सेक्रेटरी क्रिस्टी नोयमले सामाजिक सञ्जालमा लेख्दै हावर्डको पारदर्शिता शङ्कास्पद रहेको जनाएकी छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८