संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार ९जेठ २० बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो ।
विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।
फरक मत
ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद बुद्धिमान तामाङले फरक मत राखे । उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन् । ट्रेड युनियन दलीय आधारमा बनाउन नहुने, आधिकारिक राखौँ भन्ने उनले प्रस्ताव गरेका छन् ।
उक्त विधेयक ०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो । विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८