• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’

  • खबरदाता

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट स्टेडियम सरकारले बनाउने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

करोडौं रुपैयाँ लाग्ने उक्त स्टेडियम निर्माणको प्रस्तावसहित आफूकहाँ आएका धुर्मुस-सुन्तलीलाई चन्दा उठाएर बनाउन नसकिने सुझाव दिएको पनि उनले बताए ।

‘चितवनमा गौतम बुद्ध क्रिकेट स्टेडियम बनाउँछौँ भन्दै धुर्मुस-सुन्तली उसबेला मकहाँ आएका थिए’, उनले भने, ‘तर मैले दुस्ख पाइन्छ, त्यो क्रिकेट स्टेडियममा हात नहाल्नु भनेको थिएँ ।’

आफूलाई भेट्दाको समयमा उनीहरूले उक्त स्टेडियम चन्दा उठाएरै बनाउने बताएको पनि ओलीले सुनाए । ‘तर पनि बनाउँछौँ भनेर हात हाले, अहिले उनीहरूले धेरै दुस्ख पाए’, उनले भने, ‘तर पनि गौतम बुद्ध क्रिकेट स्टेडियम बन्छ । हामी बनाउँछौँ, उक्त स्टेडियम सरकारले बनाउँछ ।

  • प्रकाशित मिति : वैशाख ३०, २०८२, मंगलवार १५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८