नारायणी नदिमा पौडी खेल्ने क्रममा बेहोस भएका कुमार नेपालीको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे १ बजेको समयमा भरतपुर १७ को मझुवा नजिक बुवा र आमा सगै नुहाउ गएका बर्ष १८ का नेपाली नारायणीमा डुबेर बेहोस भएका थिए।
निजलाई उनकै बुबाले उद्दार गरि उपचारको लागि नयाँ मेडिकल कलेज पुर्याएका थिए। उपचारका क्रममा दिउँसो साढे २ बजे निजको मृत्यु भएको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८