• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु

  • खबरदाता

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राजौरीबाट दुखद खबर आएको छ । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजोमात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए । मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।”

उनले लेखेका छन्, “आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो । र, आक्रमणमा उनको मृत्यु भयो ।”

उमर अब्दुल्लाहले राजौरी सहरमा पाकिस्तानले गोलाबारी गरिरहेको बताएका छन् । बीबीसी

  • प्रकाशित मिति : वैशाख २७, २०८२, शनिवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८