• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

  • खबरदाता

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको वार्तामा सहभागी एक सदस्यले बताए । उनका अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

शिक्षकसँगको वार्तामा सहमति जुटे लगत्तै वार्तामा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद्को बैठकमा सहभागी भएक  छन । उनीहरुले उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक पनि सुरुभएको छ ।

 

  • प्रकाशित मिति : वैशाख १७, २०८२, बुधवार २०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८