[ फाेटाे : फाइल ]
सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ ।
शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन् । यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने मन्त्रालय स्रोतले जनाएको छ । आजको वार्ता ‘निर्णायक’ बनाउने भन्दै मन्त्री पन्तले तयारी गरेको स्रोतले बतायो ।
महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८