सरकारले आह्वान गरको वार्तामा शिक्षकहरु सहभागी हुने भएका छन्। शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघले उपस्थिति हुने निर्णय गरेको हो।
महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले वार्तामा सहभागी हुने बताउँदै कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भइरहेको बताइन्। ‘वार्तामा जान्छौं, तर हामीबिच पनि छलफल गरिरहेका छौं,’ उनले भनिन्।
मन्त्रालयले ३ बजे वार्ताका लागि बोलाएको छ। वार्तामा शिक्षामन्त्री रघुजी पन्त बस्नेछन्।
विद्यालय शिक्षा ऐन माग्दै शिक्षकहरु आन्दोलनमा उत्रिएको २५औं दिन पुगेको छ। ऐन नलिई नफर्किने अडानमा रहेका शिक्षकहरुलाई बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्कने वातावरण तयार सरकारका नाममा अन्तरिम आदेशसमेत दिइसकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८