• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बर्खास्त भएपछि कुलमान पुगे सर्वोच्च अदालत

  • खबरदाता

बर्खास्त भएपछि कुलमान पुगे सर्वोच्च अदालत

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

बुधबार घिसिङको तर्फबाट वरिष्ठ अधिवक्ता लोकमणि पोखरेल सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता प्रक्रिया बाँकी छ।

‘रिट आएको छ,दर्ता भइसकेको छैन,’ कुईंकेलले भने। घिसिङले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाएका छन्।

सरकारले सोमबार घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।

  • प्रकाशित मिति : चैत १३, २०८१, बुधवार १९:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८