• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी

  • एजेन्सि

साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी

वाशिङ्टन – आइतबार साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच भेटवार्ता हुने भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पुष्टि गरेका हुन्। अधिकारी तथा प्राविधिक विज्ञबीचमा भेटघाट हुने जनाइएको छ।

अमेरिकाले सोमबार रुससँग वार्ता गर्ने योजना बनाएको छ। २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध तेस्रो वर्ष पुरा भइसकेको छ।

रुस-युक्रेन युद्धमा दैनिक हजारौँ सैनिक तथा सर्वसाधारणको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेको छ।

  • प्रकाशित मिति : चैत १०, २०८१, आइतवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८