काठमाडौंको मालीगाउँमा ग्यास विस्फोट भएको छ । ग्यास विस्फोटका क्रममा कम्तिमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ । मालीगाउँको शानदार मःम पसलमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
उक्त पसलमा जम्मा १४ जना कार्यरत रहेको एक जना बाहिर निस्किएका थिए ।
एक जनाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि कीर्तिपुर पठाइएको बर्न अस्पताल पठाउने तयारी गरिएको छ । बाँकी १२ जनालाई हिमाल अस्पतालमा पु¥याइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
ग्यास कसरी लिक भएको थियो भन्ने विषयमा अनुसन्धान थालिएको उनले जानकारी दिए
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८