• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना : पाँच ‘नेपाली’को मृत्यु, चार घाइते

  • खबरदाता

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना : पाँच ‘नेपाली’को मृत्यु, चार घाइते

भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।

दुर्घटनालगत्तै घटनास्थलनजिक सयौँ मानिस भेला भएका थिए । उपचारका निम्ति घाइतेहरूलाई त्यहाँको श्री कृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • प्रकाशित मिति : माघ १९, २०८१, शनिवार १९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८