• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

‘दल विभाजन सम्बन्धि सामान्य कुराको पछि यो सरकार लाग्दैन’

  • खबरदाता

‘दल विभाजन सम्बन्धि सामान्य कुराको पछि यो सरकार लाग्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि दल टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुरा समावेश नभएको बताएका छन्।

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेपछि ओलीले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारको मेन्युमा दल विभाजन गर्ने मेन्यु नभएको बताएका हुन् ।

‘ढुक्क हुनुहोस, कांग्रेस र एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन’, उनले भने, ‘सरकारका प्राथमिकताबारेमा मैले भनिसकेको छु, दोहोर्‍याउनु पर्दैन ।’

एकीकृत समाजवादीसहित विपक्षी दलका नेताहरूले सरकार ढल्छ, ढल्नै लाग्यो भनेर व्यर्थै समय खेर फालेको पनि उनले बताएका छन् ।

  • प्रकाशित मिति : माघ १८, २०८१, शुक्रवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८