• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज मौसम सफा रहने, तराईमा भने बाक्लो हुस्सु

  • खबरदाता

आज मौसम सफा रहने, तराईमा भने बाक्लो हुस्सु

जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराईमा बिहान र राति बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०८१, शुक्रवार ०६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८