• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कमायो १८ करोड रुपैयाँ

  • खबरदाता

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कमायो १८ करोड रुपैयाँ

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ ।

फिल्मले रिलिजको १० दिन ९शनिबारसम्म० मा १७ करोड ९८ लाख ग्रस कमाउन सफल भएको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस आम्दानी गरेको थियो ।

त्यसैगरि आइतबार यता पनि फिल्मको आम्दानी शानदार रहेको छ। फिल्म अहिले पनि देशभर हाउसफूलसहित चलिरहेको छ ।

फिल्मले कयौँ कीर्तिमान बनाउने क्रममा देशभरमा एकैदिन ४८० भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ । यसअघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८१, सोमवार १३:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८