• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु

  • खबरदाता

कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु

कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै  बताइन् ।

‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले  भनिन् ।

आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनाभएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।

  • प्रकाशित मिति : कात्तिक २५, २०८१, आइतवार १६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८