चितवनमा गए राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते छन।
प्रहरीले जनाए अनुसार गए राती साढे १२ बजेको समयमा रत्ननगरको टाडि स्थिति सब्जि मण्डी नजिक खैरहनीबाट टाडी तर्फ आउदै गरेको म.प्र. ०१-००१ ख ०४५७ नं.को बस र टाडीबाट खैरहनी तर्फ जादै गरेको ना. २४ प १९१८ नं. को मो.सा. एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो।
दुर्घटना परि रत्ननगर -१३ अमेलिया बस्ने बर्ष २१ को सुनिल पौडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए छ।
सोही दुर्घटना सोही स्थान बस्ने बर्ष अं.२० को साहिल परियार बर्ष २१ को सन्जय लामाको गम्भीर अबस्थामा उपचार भइरहेको छ।
दुबै सवारी साधन र बस चालक जिल्ला सिराहा मिर्चैया न।पा।वडा नं- ९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८