• वैशाख १९, २०८३, शनिवार Saturday, 02 May, 2026

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर ८ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि। नवरात्रमा आज स्कन्दमाता देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – आज परिवारसँग दिन बित्नेछ। घुमघामको अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ। खानपानमा खर्च बढ्ने देखिन्छ। चाडपर्वको रमझममा समय बित्नेछ। खानपानकै कारण स्वास्थ्यमा समस्या हुनसक्छ। ठुला योजनामा हात नलगानु राम्रो हुनेछ।

वृष – अध्ययनमा जोश बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी भए फाइदा हुनेछ। व्यवसायका क्षेत्रमा सामान्य नाफा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाज र संगठनमा तपाईंको सम्मान हुनेछ।

मिथुन – मानसिक रुपमा असन्तुष्टि बढ्नेछ। प्रतिशोधको भावनाले चिन्ता बढाउने छ। आफूले आफूलाई माया नगर्ने बानीले रोगको चपेटामा पर्ने जोखिम छ। माता दुर्गाको सेवा गर्नाले परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट – बोली र व्यवहारमा एकरुपता गर्न नसक्दा परिवारमा अविश्वास बढ्नेछ। व्यापारबाट नाफा हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो होला। बन्धुको साथ लिएर गरेको काम सफल बन्नेछ।

सिंह – पुरानो र गुम्न लागेको धन प्राप्त हुनेछ। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। जुवा र तासमा लाग्नु भएमा असफलता मिल्नेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कन्या – दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। अध्ययनमा जोस बढ्नेछ। नसोचेको धन हात लाग्नसक्छ। परिवारमा भने मेलमिलाप हुने योग छ।

तुला – बोलीमा मोहनी छ। यस्तो बोली परोपकारमा प्रयोग गर्नु राम्रो हुनेछ। साथी र संगठनको बलमा काम गर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – दसैँको चटारो बढ्दा मन अशान्त बन्नेछ। गणेशको स्मरण गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। साथी संगठन र राजनीतिमा भने सहज परिणाम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु – इच्छा अनुसारको खानपान गर्ने अवसर मिल्नेछ। मन खुशी हुनेछ। दसैँको रमाइलोमा दिन बित्नेछ। परिवारका सदस्यसँगको भेटमा सुखदुःख साटासाट हुनेछ। नयाँ ठाउँको यात्राले मन हलुका हुनेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ।

मकर – अन्त्य साढेसातीको दशा चलिरहेको छ। केन्द्रमा शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा आफू अगाडि बढ्नुभन्दा परिवारको साथ लिनु राम्रो हुनेछ। सहमतिमा अगाडि बढेको भए दिन सहज बन्नेछ।

कुम्भ – धनको खर्च बढ्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रमा मन जानाले बोल्नु अगाडि ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। व्यवहारमा झन्झट अइपर्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारमा भने मेलमिलाप हुनेछ।

मीन – दिन राम्रो छ। धनको आर्जन हुनेछ। संगठनको सहयोगमा राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। शिक्षामा प्रगति होला। साथीमाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

  • प्रकाशित मिति : असोज २२, २०८१, मंगलवार ०५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८