• फागुन २, २०८१, शुक्रवार Friday, 14 February, 2025

कक्षा कोठामा पानी पस्दा विद्यार्थी चौरमा पढ्न बाध्य

  • खबरदाता

कक्षा कोठामा पानी पस्दा विद्यार्थी चौरमा पढ्न बाध्य

हुम्ला – शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन् ।

कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए । राति आएको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उहाँले जानकारी दिए ।

वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ ।

“हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षसमेत गराइएको छ । राती पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ”, प्रधानाध्यापक रोकायाले भने।

यस्तै, सिमकोट गाउँपालिका–७ जबुका गाउँस्थित डाँडाफयाको खेल बस्तीदेखि औल बस्तीसम्म आवतजावत गर्ने जबुका खोलाको बाटो अवरुद्ध हुँदा समस्या भएको स्थानीयले जनाएका छन् ।

  • प्रकाशित मिति : भदौ २३, २०८१, आइतवार १९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८