• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीन बालिकाको मृत्यु

  • खबरदाता

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

“पहिरोमा परी डिल्लीबहादुर बुढाथोकी हराइरहेका छन्,” प्रहरी निरीक्षक शाहीले बाह्रखरीसँग भने, “मृतकमध्ये हितमाया र धनिसा एकै घरका हुन् वा होइन यकिन भइसकेको छैन । मनिषा भने साथीसँग बस्न गएको हुनसक्छ ।”

आठबिसकोट ११ मा पनि पहिरोले एउटा घर बगाएको छ । बाढीसँगै आएको पहिरोले घर बगाएको हो।

  • प्रकाशित मिति : साउन १, २०८१, मंगलवार ०७:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८