• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

 आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष – कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या हुने देखिन्छ।

वृष -हर्ष बढ्नेछ। सामान्य श्रमबाट उन्नति हुने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परोपकारका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

मिथुन – समय अनुकुल छ। साथीले गलत बाटो छोड्न दबाब दिनेछन्। मनमा परोपकारको भावना जागृत हुनेछन्। आज बनाएको योजनाले दीर्घकालसम्म काम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कट – मन उदास हुनेछ। अशान्ति बढ्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानी र श्रमका क्षेत्रमध्य स्वास्थ्यमा फाइदा हुनेछ। खर्च बढ्ने योग छ। भएको सम्पत्ति संरक्षण गर्दै दैनिकी चलाउनु राम्रो हुनेछ।

सिंह – लामो समय रोकिएका काम बन्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा भएको श्रमबाट नाफा हुनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या – भौतिक सम्पत्ति जुटाउने दिन छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रका साथीले दिएको सुझाव मान्नु उपयुक्त हुन्छ। आफन्तसँग सत्य कुरा नगर्दा मन भारी हुनेछ।

तुला – काममा ढिलासुस्ती हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट मन खुशी हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक – बौद्धिक व्यक्तिसँगको भेटले दैनिकी सहज बन्नेछ। नकारात्मक कुराले मन दुःखी हुनेछ। लगानीको क्षेत्र सबल बन्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्नेछ।

धनु – आज दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक र बौद्धिक गुरुको सुझाव लिने अवसर मिल्नेछ। आमाबाट आर्शिवाद लिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन रमाइलो बन्नेछ।

मकर – सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शेयर कारोबारबाट राम्रो आम्दानी हुने दिन छ। परिवारबाट लिएको सल्लाहले दैनिकी सहज बन्नेछ।

कुम्भ – घरभित्रको विवादले सताउने छ। लगानीका क्षेत्रमासमेत विवाद हुनेछ। आज गरेको लगानी श्रममध्ये वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

मीन – मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। गुरुको सुझावले नयाँ योजना बन्नेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। बल भन्दा बुद्धिले काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • प्रकाशित मिति : असार २२, २०८१, शनिवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८