चितव – गर्मी अत्यधिक बढ्ने क्रम नरोकिएपछि भरतपुर महानगरका सबै विद्यालय आउदो शुक्रबारसम्म (जेठ २९ गतेदेखि जेठ ३२ ) गर्मी बिदा हुने भएका छन । अब असार २ गतेबाट मात्रै विद्यालय खुल्ने छन्।
भरतपुर महानगरपालिकाको शैक्षिकप्रशासन महाशाखाले सोमबार एक सूचना सार्वजनिक गर्दै बर्खेबिदाबाट कट्टी हुनेगरी भोलि मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक संस्थामा पठनपाठन नगराउन अनुरोध गरेको हो ।
महाशाखा प्रमुख सुवासचन्द्र आचार्यद्वारा हस्ताक्षर गरिएको पत्रमा लेखिएको छ – प्रस्तुत सम्बन्धमा केही दिनदेखिको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेको र बालवालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले विद्यालय सञ्चालनका लागि कठिन भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, विद्यालय र सरोकारवालाहरूको सुझावका आधारमा साउनको अन्तिम साता (साउन २९ देखि ३२ गतेसम्म) को वर्षे विदाबाट कट्टा हुनेगरी यही मिति २०८१-०२-२९ गते देखि २०८१-०२-३२ गते (मंगलबारदेखि शुक्रबार) सम्म जम्मा ४ दिन महानगरपालिकाबाट बिदा गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ । साथै विदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी-पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरूलाई अनुरोध गर्दै सोही बमोजिम आफ्ना विद्यार्थीहरूलाई निर्देशन दिनुहुन सबै विद्यालयहरूलाई अनुरोध छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८