• वैशाख ७, २०८३, सोमवार Monday, 20 April, 2026

बढ्दो गर्मीले रत्ननगरका विद्यालय बन्द, खोप अभियान स्थगित

  • खबरदाता

बढ्दो गर्मीले रत्ननगरका विद्यालय बन्द, खोप अभियान स्थगित

भरतपुर- गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो।

चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

खोप अभियान स्थगित

अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए। सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उनले जानकारी दिए।रासस

  • प्रकाशित मिति : जेठ १४, २०८१, सोमवार ०९:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८