• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

मोटरसाइकलको ठक्करबाट नारायणगडमा साइकल यात्रीको मृत्यु

  • खबरदाता

मोटरसाइकलको ठक्करबाट नारायणगडमा साइकल यात्रीको मृत्यु

वैशाख १०, २०८१, सोमवार

मोटरसाइकलको ठक्करबाट नारायणगडमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर- ११ गणेस्थान बस्ने बर्ष ६० का कुमार गुरुङ रहेका छन।

प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजेको समयमा भरतपुर ३ स्थिति बेलचोकमा बाह्रघरेबाट नारायणगड तर्फ आउदै गरेको ना ६५ प ६२०६ नं.को मोटर साइकलले विपरीत दिशातर्फबाट आइरहेको साईकललाई ठक्कर दिदाँ साइकल यात्री गुरुङको घाइते भएका थिए । निजको उपचारका क्रममा ७:५५ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

सोही दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको मनहरी -३ बस्ने बर्ष ३३ को सुदर्शन अधिकारी र मोटरसाइकल पछाडी सवार भरतपुर -९ बसन्तचोक बस्ने बर्ष ४९ को सन्तोष बुर्लाकोटी समेत घाइते भएको प्रहरीले जनाएको छ। टाउको र हातमा चोट लागेका दुबैजनाको खतरा मुक्त अबस्थामा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : वैशाख १०, २०८१, सोमवार २१:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८