• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

जिप दुर्घटना अपडेटः एक बच्चासहित सातको मृत्यु

  • खबरदाता

जिप दुर्घटना अपडेटः एक बच्चासहित सातको मृत्यु

चैत १, २०८०

 

धरानबाट आज भोजपुरको घोरेटार आउँदै गर्दा को१ज २५९३ नम्बरको उदयपुरको मैनामैनीमा दुघर्टना भएको जीप ।

भोजपुर–धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ ।

को१ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १, २०८०, बिहीवार १४:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८