फागुन ७, २०८०
काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।
पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस कार्ड देखाउँदा पनि प्रवेश दिइएको छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८