फागुन -३, २०८०
काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।
प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।
दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८