• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल

  • खबरदाता

राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल

माघ- ८, २०८०

 

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ ।

दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने समझदारी बनेको उनले बताए ।

एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो ।

कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उमेदवार बनाएको छ । महिलातर्फ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्की उमेदवार छिन्।

  • प्रकाशित मिति : माघ ८, २०८०, सोमवार १५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८