मोरङ- विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार बिहीबार निकालिएको रथयात्रामा अपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले ४६ जना पुरुष र १० जना महिलालाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले नियन्त्रणमा पर्नेमा अधिकांश भारतीय नागरिक रहेको जानकारी दिए।
रथयात्रामा दर्शन गर्न सीमा क्षेत्रका भारतीय नागरिकको उल्लेख्य सहभागिता रहँदै आएको छ।
प्रहरीले ३७ जना भारतीय नागरिक र १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले अनुसन्धानपछि ५१ जनालाई उनीहरूको आफन्तलाई बोलाएर जिम्मा लगाएको थियो। अन्य ५ जनालाई थप अनुसन्धानका लागि राखिएको प्रवक्ता दाहालले जानकारी दिए।
प्रवक्ता दाहालका अनुसार अनुसन्धानमा रहेका ५ जनालाई प्रहरीले चोरी गर्ने क्रममा पक्राउ गरेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८