• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

प्रतिनिधिसभा बैठक , यस्तो छ सम्भावित कार्यसूची

  • खबरदाता

प्रतिनिधिसभा बैठक , यस्तो छ सम्भावित कार्यसूची

फागुन १७, २०७९

 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ुसंवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ु लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७९, बुधवार ०६:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८