ठूला दलहरू ठूला नेताका परिवारले भरिएका दृष्टान्त हाम्रै वरपर छन् । आर्दशका कुरा गरेर नथाक्ने नेताहरूले पनि आफ्ना छोरारछोरीलाई उत्तराधीकारीका रूपमा अघि सारिरहेका छन्, तर पौडेलले यसमा पनि लोभ देखाउनुभएन ।
फागुन १०, २०७९ – त्रिभुवनचन्द्र वाग्ले
देश अहिले राष्ट्रपति चुनावको तयारीमा छ । निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम तोकेकाले ठूला पार्टी र गठबन्धन नेता आफ्ना उम्मेदवार टुङ्गो लगाउन निरन्तर बैठकमा छन् । सामूहिक छलफलदेखि ‘वान टु वान’ वार्ता चलिरहेका छन् ।
एकातिर एमाले-माओवादी-राप्रपा-रास्वपा सत्ता गठबन्धन छ भने अर्कातिर गत निर्वाचनको काङ्ग्रेस-माओवादी-समाजवादीको गठबन्धन ब्युँत्याउने प्रयास पनि भइरहेको छ । पुस १० गतेको सहमतिअनुसार एमालेले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेकाले त्यसै दिनको सहमतिअनुसार एमालेको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा स्वीकार गर्नुपर्ने एमालेको माग छ । तर, पुस २६ गते आफ्नो सरकारलाई काङ्ग्रेसले पनि विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले काङ्ग्रेसलाई राष्ट्रपति दिनुपर्ने आशय व्यक्त गर्नुभएको छ । तर, प्रष्टरूपमा निर्णय नगरेकाले यसबारे अझै केही अन्यौलहरू देखिन्छन् । जहाँ अन्यौल हुन्छ, त्यहाँ अनेकखाले सम्भावनाका टुसा उम्रिन्छन् । धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ भनेझैं, अनेकथरी विचारधारा, शक्तिकेन्द्र र लबिइस्टहरूका समूह यस्तो बेला सक्रिय हुन्छन् ।
छिमेकी भारत र चीनका राजदूत तथा त्यसभन्दा माथिल्लो तहका व्यक्तिहरूले राजनीतिक भेटघाट बढाइरहेका छन् भने अमेरिकाबाट पनि पहिलेभन्दा निकै धेरै सङ्ख्यामा राजनीतिक भ्रमण भएका छन् । अखबारहरूमा प्रकाशित समाचारका अनुसार यी सबै भेटघाटमा भावि राष्ट्रपतिबारे चासो व्यक्त हुने गरेका छन् । केहीले त आफूहरूका लागि उपयुक्त हुने भनेर केही नाम राष्ट्रपतिका उम्मेद्वारका रूपमा दिएका भनेर चर्चा छ । साथै, ठूला दलबाट सम्भावित राष्ट्रपति भनेर चर्चामा रहेका नामहरूबारे सोधपुछ भएको पनि समाचार छ । यसका साथै भारतीय प्राध्यापक एसडी मुनीले केही नाम नै तोकेर राष्ट्रपतिका लागि उपयुक्त पात्रका रूपमा अघिसारेका समाचार आए । यसरी नाम तोक्नु कुटनीतिक तथा राजनीतिक मर्यादाका उपयुक्त हुँदैन, तर यो भारतको नभएर व्यक्तिको दृष्टिकोण हो ।
यस सन्दर्भमा उठाउनुपर्ने केही प्रश्न छन् । त्यसोभए राष्ट्रपतिमा सहमतिको उम्मेदवार को हो त रु नेपालमा सबैलाई मान्य हुने मानिस हामी आफैंले खोज्ने हो कि बाहिरियाले कसैलाई तोकिदिने हो रु यदि बाहिरियाले ताकिदिएकै व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने हो भने हामीले किन निर्वाचनको नाटक गरिरहने रु सिधै उनीहरूलाई तोक्न लगाउँ । होइन भने, केही मापदण्डका आधारमा राष्ट्रिय सहमतिका लागि उपयुक्त व्यक्तिको खोजी गरौँ । हाल चर्चामा गरैराजनीतिकरगैरदलीय पृष्ठभूमिका व्यक्तिहरूका नाम आए पनि मुख्य दलका नेताहरूले यो सम्भावनालाई इन्कार गरिसकेकाले ती व्यक्तिबारे धेरै चर्चा गरिरहनुको अर्थ हुँदैन । किनभने, राष्ट्रपति निर्वाचनमा सङ्घ तथा प्रदेशका सांसदले मतदान गर्ने भएकाले सबै मतदाता दलीय ह्विपको नियन्त्रणमा छन् । यस्तोमा दलले नचाहेका व्यक्तिको कुनै सम्भावना रहँदैन ।
दलका नेताबाट उम्मेदवार बनाउने सन्दर्भमा केही मापदण्ड बनाउन सकिन्छ । सबभन्दा पहिलो मापदण्ड हो( लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मरिनपेक्षता( जो यस संविधानका मुख्य चरित्र हुन्, यी प्रतिबद्धतालाई जसले राजनीतिलाई आदर्श बनायो, जीवनमा न सत्तासँग झुक्यो न पद र पैसामा चुक्यो त्यस्ता व्यक्तिलाई राष्ट्रिय सहमतिको उम्मेद्वार बनाउनुपर्छ । सत्ता र अन्य स्वार्थसिद्ध गर्न यी सिद्धान्तमा सम्झौता गर्नसक्ने व्यक्ति राष्ट्रप्रमुख हुन सक्दैन ।
नेपालका प्रजातन्त्रवादी र कम्युनिष्ट, सबैखाले दल र आमरूपमा नेपाली समाजले स्वीकार गरेको विचार भनेको लोकतन्त्र हो । यसका लागि नेपालमा धेरै आन्दोलन भए । पञ्चायतविरुद्ध ३० वर्ष आन्दोलन भयो । माओवादी आन्दोलन र राजा ज्ञानेन्द्रको कु ९कदम०ले नेपालको लोकतन्त्र खतरामा पऱ्यो । ज्ञानेन्द्रको कदमविरुद्धको आन्दोलनमा माओवादी पनि मिसिएपछि लोकतान्त्रिक धु्रवीकरण हुनगई पुनः लोकतन्त्र कायम हुनपुग्यो । यी सबै आन्दोलनको नेतृत्व गरेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा अग्रस्थान र चर्चामा आएको छ । पञ्चायतकालमा पटकटक गरी १४ वर्ष जेल जीवन बिताएका पौडेल राजाको कदमविरुद्धको आन्दोलनमा सडकमा लाठी खाएका नेता हुनुहुन्छ । केपी ओलीको अधिनायकवादी शासन सञ्चालनविरुद्ध खबरदारी गर्दै उनको स्वेच्छाचारिताको विरोधमा सडकमा उत्रिने पहिलो नेता पनि पौडेल नै हुनुहुन्छ । लोकतन्त्र र लोकतान्त्रिक समाजवादप्रति उहाँको निष्ठामा आजसम्म कसैले प्रश्न उठाउने ठाउँ पाएका छैनन् । यस्तो सत्य अगाडि पौडेल नै राष्ट्रिय सहमतिको विन्दु बन्नुभएको छ ।
दलभित्रका मानिसमा राष्ट्रिय सहमति बन्न सक्दैन भनियो भने दलीय व्यवस्था नै कमजोर हुन्छ । दलबाहिर सहमतिको पात्र खोज्नेहरूले जागिर खाएकाहरू कति निष्कलङ्क र प्रजातन्त्रप्रति कति प्रतिवद्ध छन् भनेर हेर्नुपर्छ । दलभित्रको व्यक्ति जो योगदान, आचरण, प्रतिवद्धताको राष्ट्रिय परीक्षामा उत्तीर्ण छ उसैलाई राष्ट्रिय सहमतिको उम्मेद्वार बनाउनु पर्छ । अनुहार र पात्रभन्दा पनि आदत र प्रवृत्ति हेरेर राष्ट्रिय सहमति खोज्नुपर्छ ।
नेता भनेका विदेशी र व्यापारीका खल्तीमा हुन्छन् भन्ने भाष्य समाजमा स्थापित भएको समयमा पौडेल यस्तो नेता हुन् जो समाजवाद, कृषि क्रान्ति र लोकतान्त्रिक जीवन पद्दतिको कुरा गर्नुहुन्छ । यसमा बहस गर्नुहुन्छ, पुस्तक लेख्नुहुन्छ । समाज विश्लेषक प्रा। कृष्ण खनालले पौडेललाई मायाले होइन पौडेलको क्षमता र योगदानको आधारमा काङ्ग्रेसका ‘एक्ला वैचारिक नेता’ भन्नुको अन्तर्यः समकालीन नेता तथा आमनेपालीले स्वीकार गर्नैपर्छ । लेखक तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ‘पञ्चायतसँग नझुकेका, प्रलोभन तथा अवाञ्छित कमाइमा नचुकेका पौडेल’ जो भन्नुहुन्छ छ यसको सत्यापन नाप्ने साहस नेताहरूले गर्नुपर्छ ।
पौडेल केवल पञ्चायतविरुद्ध मात्रै लड्नुभएन, बहुदल र लोकतान्त्रिक कालमा सत्तामा रहँदा पनि उहाँले पदका लागि झुक्ने र पैसाका लागि चुक्ने काम गर्नुभएको छैन । नेपालको निकट इतिहासमा यति ठूल्ठूला भ्रष्टाचार, शासकीय शक्ति दुरूपयोगका काण्डहरू भए । ठूला(ठूला नेताहरू यसमा मुछिएका छन् तर, पौडेल निष्कलङ्क हुनुहुन्छ । शक्तिको टाढा रहेर जोगिनु र सत्तामा रहेर भ्रष्टाचार नगर्नु एकदमै फरक कुरा हुन् । सत्तामा नपुग्दा कसैले पनि भ्रष्टाचार गर्दैन । गर्न सक्दैन । तर सत्तामा रहेर पनि पौडेल आर्थिक अनुशासनको पालक मात्र होइन प्रवर्द्धक बन्नुभएको सादगी इतिहासको सम्मान गर्नेपर्छ । अन्यथा सदाचारको कठिन यात्रामा को हिँड्ने रु कसले कसलाई डोऱ्याउने रु पौडेललाई सम्मान गर्नु आगामी पुस्तालाई सदाचारको मार्गमा हिड्न प्रेरित गर्नु पनि हो ।
वि।सं।२०५२ पछि सांसदलाई भन्सार छुटमा गाडी किन्ने सुविधा दिइँदा त्यो सुविधा प्रयोग नगर्ने नेतामा पौडेल पर्नुहुन्छ । राज्यलाई आर्थिक भार पार्नेगरी औषधोपचारका नाममा करोडौँ बुझ्ने नेताको लस्करमा पौडेलको नाम पाउनु हुन्न । उहाँको स्वच्छ छविको यो अर्को उदाहरण हो ।
तर, राष्ट्रपति, प्रधानमन्त्रीको उम्मेदवारको कुरा चल्दा जनतामा लोकप्रिय पौडेलजस्ता नेताको नाम मिडिया तथा नेताहरूले कम प्राथमिकताका साथ लिने गरिएको देखिन्छ । यसका पछाडि विविध कारण होलान् । नेपालको ग्रामीण पहाडको मध्यमवर्गीय परिवारको छोरो भएका कारण पनि ‘एलिट वर्ग’ले उहाँलाई अस्वीकार गरेको हुनसक्छ । अथवा, विदेशी शक्ति केन्द्र र लबीको पछाडि नलागेकाले पनि उहाँलाई एक्लो देखिएको हुनसक्छ । तर, विवेकशील नेपाली जनताले उहाँबारे सत्य जाने, बुझेका छन् । पौडेलले न आजसम्म चुनावमा धाँधली, बुथ कब्जाजस्ता काम गर्नुभएको छ । न धन वा बाहुबलको प्रयोग गरेर चुनाव जित्ने नीति अख्तियार गर्नुभएको छ । गत निर्वाचनमा पौडेलका छोरा र छोरीलाई लमजुङ र कास्की जिल्ला कमिटीले प्रदेशसभा उम्मेदवारमा सिफारिस गरेका थिए तर, पौडेल आफैंले फोन गरेर उनीहरूको नाम हटाउन लगाएका समाचार स्थानीय अखबारहरूमा प्रकाशित थिए । झट्ट हेर्दा यी साना कुरा भए पनि यसले व्यक्तिको चरित्रलाई प्रदर्शन गर्छ । ठूला दलहरू ठूला नेताका परिवारले भरिएका दृष्टान्त हाम्रै वरपर छन् । आर्दशका कुरा गरेर नथाक्ने नेताहरूले पनि आफ्ना छोरारछोरीलाई उत्तराधीकारीका रूपमा अघि सारिरहेका छन्, तर पौडेलले यसमा पनि लोभ देखाउनुभएन । सादगीपूर्ण जीवन र सदाचारलाई व्यवहार बनाएका नेता राष्ट्रप्रमुख हुनुपर्छ । सुशासनका लागि सदाचार अति आवश्यक छ । आफैं अनेकखाले भ्रष्टाचार, घोटाला र शक्तिको दुरूपयोगमा संलग्न व्यक्तिले सुशासन कसरी दिन सक्छ रु यसबारे पनि विचार गरौं । शिक्षा, स्वास्थ्य, व्यापार, सम्पत्ति शुद्धीकरणजस्ता माफियामा पौडेल कतै जोडिनु हुन्न । सादा जीवनका साधकलाई सम्मान गर्नुले सादगी जीवनलाई जनताले अनुमोदन गरेको ठहर्छ ।
लोकतन्त्रप्रतिको निष्ठा, लोकतान्त्रिक आन्दोलनहरूमा योगदान, स्वच्छ छवि, सुशासनप्रतिको प्रतिवद्धता, लोकतान्त्रिक समाजवादप्रतिको लगाव र नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राख्ने सवालमा पौडेल नै राष्ट्रिय सहमतिको केन्द्रविन्दु हुन सक्नुहुन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८