कात्तिक ३०,२०७९
युवा ज्योतिष पं.सागर गुरागाँई
आज मिति २०७९ साल कार्तिक ३० गते बुधबार, ई.सं १६ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष अष्टमी, नक्षत्र-अश्लेषा, योग-ब्रह्म, करण-वालव, चन्द्रराशि-कर्कट, सूर्योदयः ६ः२६, सूर्यास्तः १७ः०९ ।
मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
कर्कट :दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
सिंह: यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कन्या:पराक्रम र उत्साहमा कमी आउनेछ ।
तुला :अतिथिका रूपमा सम्मान पाइनेछ ।
वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
धनु :परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
मकर :आँटेताकेका काममा बाधा हुनेछ ।
कुम्भ :सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८