• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
बीपी राजमार्गमा सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने
  • खबरदाता

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको...

भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा, सरकारले दियो सार्वजनिक बिदा
  • खबरदाता

काठमाडौं । सरकारले जेनजी आन्दोलन भएको दिनलाई 'जेनजी सहिद दिवस' घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भदौ २३ गतेलाई 'जेनजी सहिद दिवस' घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनले त्यसदिन देशभर...

पहिरोले काठमाडौँमा ग्यास आपूर्तिमा समस्या
  • खबरदाता

काठमाडौँ– नागढुङ्गा–मुग्लिङ सडक खण्डअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि काठमाडौँमा ग्यास आपूर्तिमा समस्यामा भएको छ। काठमाडौँमा यसअघि नै ग्यासको सहज उपलब्धता थिएन। रसुवा बाढीपछि कृष्णभीरमा पहिरो गएसँगै ग्यास बोकेका ट्याङ्करहरू काठमाडौँ छिर्न नपाएपछि यहाँ ग्यास अभाव देखिएको छ। कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी...

रसुवा बाढी: १ हजार २५२ शव भेटिए, ४ हजार बढी अझै सम्पर्कविहीन
  • खबरदाता

रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ५२ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५, नवलपरासी पूर्वमा...

लाङटाङको सुरुङभित्र दुई कर्मचारीको शव फेला
  • खबरदाता

लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ। रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो। आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले भर्खरै...

कृष्णभिरको पहिरो पन्छाउन धमाधम रुख काटिँदै
  • खबरदाता

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरबाट सडकमा खसेको पहिरो पन्छाउन काम अगाडि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार पहिरोका दुवै छेउबाट १८ जना परिचालन गरी रुख काट्ने काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण दुवै छेउमा तयारी अवस्थामा...

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात
  • खबरदाता

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँगको सहकार्यमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर आपूर्ति सहज बनाउन थालेको छ। धादिङको जुगेखोलास्थित कर्पोरेसनको आफ्नै ‘एलपीजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि मनोज र बाबा ग्यासका...

भोटेकोसी र त्रिशूलीलगायत नदीमा आज ठुलो बाढी आउने सम्भावना, ५० जिल्ला जोखिममा
  • खबरदाता

बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशका विभिन्न खोला तथा नदीमा बाढी आउने र त्यसले आसपासका क्षेत्रमा असर पुर्‍याउन सक्ने जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित ४८ जिल्ला र आसपासका...

भोटेकोशी बाढी : कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग
  • रासस

कञ्चनपुर । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । जिल्लाको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८