चितवन- अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ। यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन...
काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ । गत १४ भदौमा कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी भएको थियो । वैकल्पिक मार्गबाट ढुवानी भएको ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ...
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय...
काठमाडौँ-कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिर तथा मूर्ति स्थापना गरी विधिपूर्वक पूजाआराधना गर्ने चलन छ । आजका दिन मजदुर तथा कालिगढले उद्योग र कलकारखानालाई विशेष...
२०८३ साल असोज १ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १७ तारिख। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। विश्वकर्मा पूजा, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ नियमावलीबमोजिम शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता तथा अनुमति लिन इच्छुक संस्थालाई अनलाइन आवेदन पेस गर्न सूचना जारी गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले ‘शैक्षिक...
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ । बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेको स्रोतले जानकारी दियो । भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत्...
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले जनाएको ऐक्यबद्धता तथा सहयोगका लागि...
बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै यो सडकखण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८